दफा ७
चलचित्र जाँच समिति
(१) कुनै चलचित्र प्रदर्शन गर्न दफा ८ बमोजिम इजाजतपत्र दिन
उपयुक्त छ वा छैन भन्ने कुरा जाँचबुझ गर्न नेपाल सरकारले आवश्यकता अनुसार चलचित्र
जाँच समिति वा समितिहरु गठन गर्न सक्नेछ । प्रत्येक समितिमा नेपाल सरकारले मनोनित गरे
बमोजिमको अध्यक्ष तथा सदस्यहरु रहनेछन् । निजहरु नेपाल सरकारले तोकेको अवधिसम्म
आफनो पदमा बहाल रहनेछन्।
(२) उपदफा (१) बमोजिम गठन भएको समितिको अध्यक्ष तथा सदस्यहरुले तोकिए
बमोजिमको पारिश्रमिक चलचित्र जाँच गराउन चाहने व्यक्तिबाट पाउनेछन्।
(३) चलचित्र जाँच समितिले आफनो कार्यविधि आफैले व्यवस्थित गर्न सक्नेछ ।
(४) नेपाल सरकारले चलचित्र जाँच समितिलाई समय समयमा आवश्यक देखेका
निर्देशनहरु दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु सो समितिको कर्तव्य हुनेछ ।